कांग्रेसका वडाध्यक्ष उम्मेदवार र कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

रुकुम । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन्।

कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन्। घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

Advertisement

वाइसिएलका कार्यकर्ताहरूको समूहले कांग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको स्रोतले बताएको छ।

घटना आइतबार बिहान ९ बजेतिरको हो। वाइसिएलका कार्यकर्ताले उम्मेदवार बुढा लगायतका कांग्रेस नेताहरूमाथि आक्रमणपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ। घरका ढोकासमेत तोडफोड गरिएको छ। प्रहरी घटनास्थलमा अबेर मात्र पुगेको थियो।

स्रोतका अनुसार कांग्रेस कार्यकर्ता अमर बोहराकी श्रीमती दीर्घ रोगी रहेको र उनलाई भेटघाट गर्न पुगेको समयमा उम्मेदवार बुढा लगायतका नेता कार्यकर्तामाथि एकाएक आक्रमण भएको थियो।

More News last news
Loading...