थप्रेक । शुक्लागण्डकी नगरपालिका १, काप्रेक मिलन मोटर मार्गको थलान कार्य सम्पन्न भएको छ । नगरपालिका र उपभोक्ता समितिको नगद-श्रमदानगरी कुल २० लाख ५१ हजार ६१६ रुपैयाँको संयुक्त लगानीमा उक्त मोटर मार्गको पक्की ढलान सम्पन्न भएको हो ।
यहि चैत्र १५ गतेबाट शुभारम्भ भएको मोटरबाटो ढलानकार्य जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि तोकिएको समय अगावै ढलानकार्य सम्पन्न भएको काप्रेकका स्थानीयवासी विकास क्रोम्छे गुरुङले बताए ।
उक्त पक्की ३२० मिटर पक्की ढलान मार्गबाट ५० घरधुरीका २५० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
