तनहुँ शुक्लागण्डकी-१ को वडाध्यक्षमा कांग्रेसबाट रबिचन्द्र पौडेलको उमेद्वारी दर्ता

थप्रेक । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ मा कांग्रेसबाट पुनः रबिचन्द्र पौडेलले उमेद्वारी दर्ता गराएका छन् । यसअघि पनि कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित पौडेललाई पार्टीले पुनः टिकट दिएको हो ।

शुक्ला १ को वडा सदस्यहरुमा जब्बर मिया, बिष्णुमाया वि.क., कृष्ण गुरुङ र लक्ष्मी भण्डारीले उमेद्वारी दिएका छन् ।

Advertisement

नगरपालिका प्रमूखमा कांग्रेसबाट कृष्ण राज पण्डित र उपप्रमूखमा नेकपा (माओवादी)का राजु वि.क. ले उमेद्वारी दर्ता गराएका छन् । नगरप्रमूख र उप–प्रमूखमा गठबन्धन भएपनि वडाहरुमा भने दलहरुले आ-आफ्नै उमेद्वार उठाएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको उमेद्वार सुरज गुरुङलाई पराजित गर्दै पौडेलले वडाध्यक्षमा बाजी मारेका थिए ।

More News last news
Loading...