पोखरा l नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् ।
जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका हुन् । पोखराको लेकसाइडस्थित एक होटेलमा गठबन्धन बैठक बसिरहेको र उक्त बैठकबाट कांग्रेस नेतालाई बोलाएर कार्यालयमा थुनेका हुन् ।
गठबन्धनका कारण जित्ने वडामा पनि हार्ने अवस्था आएको उनीहरूको आरोप छ । वडा नम्बर १८ का सभापति शिव तिमिल्सीनाको संयोजकत्वमा ताला लगाइएको हो ।
ताला अझै खोलिएको छैन । निर्णय फिर्ता नलिँदासम्म ताला नखोल्ने उनीहरूले बताएका छन् । असन्तुष्टहरूले पार्टी कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
