कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने ‘हाम्रो ६० हजार मतको अपमान नगरियोस्’

काठमाडौं l नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।

विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

Advertisement

कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए।

‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ । यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ । त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ ।’ नेता थापाले भने ।

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ ।

६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ । यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ । यसमा म हेर्छु भन्नुभएको छ ।’ नेता थापाले भने ।

More News last news
Loading...