डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।
बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन्। अस्पतालमा क्षति पुर्याएको छ भने घरहरू बगाएको छ ।
दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ। डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
