भीरकोट नगरपालिका-७ को वडा अध्यक्षमा रेग्मीको दाबी

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा शिवप्रसाद रेग्मीले दाबेदारी प्रस्तुत गरेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशिल राजनीति गरेका रेग्मीले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

Advertisement

२०२६ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएर राजनीतिमा होमिएका रेग्मीले स्थानीय स्तरमा धेरै अनुभव संगालेका छन् ।

राजनीतिमा पाको उमेरका र बडाबासीमाझ लोकप्रिय रहेका रेग्मीले आफूलाई कांग्रेसले उम्मेद्वार बनाएमा बिजयी हुने दाबी गरेका छन् ।

२०३६ सालको पञ्चायती निर्वाचनमा वडा सदस्य समेत बनिसकेका रेग्मीले वडाबासी र समग्र नगरमा समाजसेवीका रुपमा समेत परिचित छन् ।

More News last news
Loading...