गोरखा । नेपाली काँग्रेस प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ६३ मा व्यबस्था भए बमोजिम गोरखाको शहिद लखन गाउंपालिका वडा ७ का राजन श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरिएको हो ।
सानै उमेरमा राजनीतिमा होमिएका श्रेष्ठ २०७१ सालमा नेपाल विद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पसको इकाइ सभापति भएका थिए ।
२०७५ सालमा नेपाल विद्यार्थी संघ गोरखा काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष पद सम्हालेका श्रेष्ठको क्षमताको कदर गर्दै पार्टीको महत्वपुर्ण जिम्मेवारी दिईएको क्षेत्रीय सभापति नारायण प्रसाद लामिछानेले बताए ।
लामिछाने भन्छन्, उहाँको पार्टी प्रतिको लगावका कारण २५ वर्गाीय युवाले क्षेत्रकै प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
