तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा विभिन्न स्थानीय तहहरुमा उम्मेद्वारी दिनेहरुको चर्चा चुलिदो छ। यसैबीच १० वटा स्थानीय तह भएको तनहुँमा पनि आकाक्षीहरुको लिष्ट लामै छ।
यसैमध्ये तनहुँको भिमाद नगरपालिकामा बलियो दाबेदारी र चर्चामा रहेका छन् कांग्रेसका चुडामणी खनाल। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नं २ बाट क्षेत्रीय सभापतिमा बिजयी भएका खनाललाई भिमादको नगर प्रमुखको लागि बलियो दाबेदारीका रुपमा हेरिएको हो।
नगरपालिकाभित्र प्रायः सबै स्थानीय माझ लोकप्रिय र जनताको सुख-दु:खका साथी बनेका खनालको टिकट पाएमा जित सुनिश्चित हुने दाबी छ ।
लामो समयदेखि तनहुँको विद्यार्थीसँगै पार्टीको राजनीतिमा सक्रिय रहेका खनालले तनहुँको भिमाद नगरपालिकाभित्र मा.वि.सम्मको निःशुल्क शिक्षालाई कार्यान्वयन गराउने, उच्च शिक्षा हाँसिल गर्नेलाई छात्रवृत्ति उपलब्ध गराउने, स्वास्थ्य बीमामा सबैको पहुँचमा पुर्याउने, खरको छानो मुक्त नगरपालिका निर्माण गर्ने, एक घर एक धारा अभियान चलाउने, सुविधासम्पन्न खेल मैदान र खानेपानीमा अनुदान उपलब्ध गराउने लगायतका एजेण्डा प्रस्तुत गरेका छन् ।
यस्तै, नगरपालिकाभित्रका सडकहरुको स्तरोन्नती तथा शाखा सडक बिस्तार, उद्योगधन्दा सञ्चालन गरी युवालाई रोजगारी दिने, कृषिमा अनुदान र अबैध उत्खनन् बन्द लगायतका एजेण्डा र भष्टाचार मुक्त नगरपालिका बनाउन पहल गर्ने लगायतका कार्यहरु आफूले गर्ने प्रतिवद्वता जनाएका छन।
खनाल महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीका बेला र स्थानीयलाई अप्ठ्यारो पर्दा सदैव भिमादबासीको समस्याका सहयात्री समेत बन्दै आएका छन। २०७२ सालको महाभूकम्पमा घरबास गुमाएकाका लागि अस्थायी टहरा निर्माण, नाकाबन्दी र वाढी पहिरोका बेला राहत वितरण र कोभिड १९ को महामारीका बेलामा स्वास्थ्य साम्रागीका साथै युवामाझ सिर्जनशील कार्यमा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ।
एमए सम्मको अध्ययन सकेर अ.हे.ब. को स्थायी जागिर छाडेर देश परिवर्तन गर्ने सोचका साथ राजनीतिमा होमिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
