स्याङ्जाका पौडेल भए एमबिबिएस प्रवेश परीक्षामा प्रथम

काठमाडौं । स्याङ्जाका सुजल पौडेल चिकित्सा शिक्षा आयोगले लिएको (एमविविएस) प्रवेश परीक्षामा प्रथम भएका छन् । आयोगले यहि चैत १८ मा लिएको स्नातक तहअन्तर्गत एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायत विषयको प्रवेश परिक्षाको बुधबार प्रकाशित नतिजामा पौडेलले प्रथम भएका हुन् ।

उनले कुल २०० पूर्णाङ्कको परिक्षामा १८०.७५ अङ्क प्राप्त गरेका हुन् । उक्त परीक्षामा देशभरबाट १७ हजार ४६७ विद्यार्थी सहभागी भएका थिए । प्रवेश परिक्षामा प्रथम भएका पौडेलले भाईब्रेन्ट एमबिबिएस सेन्टर पुतलीसडकबाट इन्ट्रान्स तयारी कक्षा अध्ययन गरेका थिए ।

Advertisement

यस्तै, उक्त सेन्टरमा अध्ययनरत निशान्त न्यौपाने दोस्रो भए । उनले १८० अङ्क प्राप्त गरे । एमबिबिएस प्रवेश परीक्षामा प्रथम र दोस्रो भएसँगै पौडेल र न्यौपानेलाई बुधबार भ्राईबेन्ट एमबिबिएस सेन्टरले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक लिलाबल्लभ दाहालले चिकित्सा शिक्षा आयोगले समयमै एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायतका विषयको प्रवेश परिक्षा गरी समयमा नतिजा प्रकाशित गरी मेडिकल शिक्षा देश तथा विदेशमा पढ्ने वातावरण सृजना भएको बताए ।

More News last news
Loading...