काठमाडौँ । वृष राशि/Taurus (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) : वृष राशि हुनेहरूको लागि वि.सं. २०७९ सालको पहिलो खण्ड संघर्षको बाबजुत कुलीन प्रख्याति बढ्ने छ । केही अल्झनको बाबजुत कुलमा विशेष कामको संपादन हुनेछ ।
र परिश्रमिक कार्यमा सफलता पनि मिल्ने छ । शिरोरोग लगायत स्वास्थ्य स्थितिमा सुधार आउने छ । विद्यार्थीहरूले भने अध्ययनमा साविकभन्दा बढी मेहनत गर्नसके मात्रै ईच्छित सफलता प्राप्त गर्नसकिने छ ।
कार्यक्षेत्र, व्यवसाय, राजनीति, समाजसेवा, पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले धेरै सकारात्मक प्रभाव देखाउन अल्लि नसकिरहेको हुनाले सम्बन्धित पक्षमा साविकभन्दा बढी मेहनत गर्नुपर्ने छ । गरिएका कारोबार उल्टिनसक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नपरिहालेको राम्रो हुनेछ ।
गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ । विशेष महत्त्वपूर्ण कामकार्य एवं विषयमा सफलता पाउन संबन्धित ग्रहको उपचारका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । ठूलो महत्त्वकांक्षाको कारण धन फस्ने र उठति हुन मुस्किल पर्ने भय छ । लुच्चाले धन खाइदिनसक्ने छन् निकै होसियारी अप्नाउनु होला ।
वर्षको मध्यतिरबाट अध्ययनअध्यापनमा सुधार आउने छ । विद्यार्थी भाइबहिनीहरूले राम्रो मेहनत गरेर उचित सफलता प्राप्त गर्नसक्नु हुनेछ । केही ग्रह–उपचारका उपायहरू अवलम्बन गरी अघि बढ्नाले केही विशेष महत्त्वपूर्ण व्यावसायिक आदि काममा सफलता पाउन सकिने छ । कुनै विशेष जागिर, उद्यम आदि पेशाकर्मको शुभारम्भ हुनेछ, भइरहेको नोकरी एवं पेशाकर्ममा पदोन्नति तथा स्तरोन्नति हुनजाने छ ।
नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ । कर्मयोगीहरूलाई आकस्मिक विभिन्न खालका लाभ तथा उपलब्धि मिल्ने छ । कृषिजन्य पक्षमा पनि गोचरग्रहको प्रभाव तसै अनुकूल बढ्दै जानाले किसानलाई उपलब्धि वृद्धि हुनेछ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ ।
सन्तानाभिलाषीहरूलाई सन्तानप्राप्ति हुनेछ, विदेश यात्राका अभिलाषीलाई समय अनुकूल बन्दै जानेछ । घरमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको आयोजना हुनसक्ने छ भने कुटुम्ब तथा पारिवारिक सदस्य बढ्ने छन् । विवाह योग्य युवायुवतीको लागि विवाहगाँठो कसिने सम्भावना अधिक रहेको छ । प्रेमपारखीहरूको लागि पनि सम्बन्ध प्रगाढ बन्दै जाने देखिन्छ ।
वर्षान्ततिर पशुचौपायामा हानी गर्ने गोचर ग्रह छन्, ख्याल पुर्याउनु होला । रपनि खोटीदोषी पशुबाट तसै फाइदा गर्न सकिने छ । यो समयमा गाडी घोडा आदि पक्षमा पनि गोचर ग्रहले त्यति साथ नदिनसक्ने छ । बाहन किन्नै परे पनि शुभ मुहूर्त पारेर मात्रै किन्नु होला । पारिवारिक समन्वयमा ह्रास आउनसक्ने छ । यो कुरा मनन् गरेर संयम नअप्नाए अनावश्यक विवाद एवं किचलो पर्नेछ । पार्टनरसिपका कामकार्यहरू पनि प्रभावित हुने देखिन्छ । सकेसम्म पार्टनसिपमा बल नगरेको राम्रो हुनेछ । यी कुराहरूमा विचार पुर्याएर संबन्धित कार्य योजना तर्जुमा गर्नु बुद्धिमानी हुनेछ ।
ढाडकमम्मरमा समस्या देखिनसक्ने छ, यसै गरी बाहिरी तथा आन्तरिक घाऊखटिरा, ज्वरो लगायतका स्वास्थ्य समस्याले पनि दुःख दिनसक्ने छन् । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ ।
यो वर्ष वृष राशि हुने व्यक्तिहरूले सेतो, मध्यम रातो र निलो तथा ध्वाँसे एवं खरानी रङ्गका वस्तुबाट फाइदा गर्न सकिने छ । यसै गरी १, २ र ६ नं.को प्रयोग विशेष फापकर हुने छ भने ३ र ८ नं. मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र नं.को प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारकत्त्व पनि विचार पुर्याउन भने जरुरी हुनेछ ।
महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई राशिफलमा बताइएका विपरितफल बढी घटित हुनसक्ने हुन्छ तसर्थ सम्बन्धितहरूले बढी सावधानी अप्नाउनु पर्ने हुन्छ । ग्रहगोचरको प्रतिकूलतालाई मनन् गरी सकारात्मक सोंचका साथमा निस्कामकर्म गर्ने, ध्यानधारणा तथा इष्टदेवकोसाधना बढाउने, महादशामा चलेका दशा अन्तर्दशाको शान्ति गर्ने र साथमा महावीर पवनपुत्र हनुमान र भैरवदेवको उपाशना गर्ने गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले शनि एवं राहुको वर्ष भरी नै र वर्षको मध्यसम्म गुरु बृहस्पतिको उपयुक्त उपाय अवलम्बन गर्नु फापकर हुनेछ । यो राशिफल ज्यो. पं. वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
