काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । सामबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले नयाँ पुस्तालाई जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
