चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य बीमा कार्यक्रम शुरु

बलम्बु । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरपालिकाका १५ वटै वडामा दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो ।

चन्द्रागिरि नगरपालिका भित्र बसोबास गर्ने इच्छुक जो कोहीले सम्बन्धित वडाका प्रतिनिधि (दर्ता सहयोगी) मार्फत स्वास्थ्य बीमाका लागि आ-आफ्नो नाम टिपाउन सक्नेछन्।

Advertisement

बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।

के हो स्वास्थ्य बीमा ?

विश्वमा यो बीमाको विकास धेरै अगाडिदेखि भएपनि नेपालमा भने २०४० सालतिरबाट मात्रै स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमावापत पाईन्छ । वार्षिक रुपमा २५ सय तिरेपछि परिवारका सदस्यले ५० हजारसम्म उपचार खर्च पाइन्छ ।

वडाका स्वास्थ्य बीमा प्रतिनिधिहरुको नम्बर यसप्रकार रहेको छ

More News last news
Loading...