स्याङ्जाको गल्याङ न.पा १ को अध्यक्षमा बस्यालको चर्चा

स्याङ्जा । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै स्थानिय तहमा दाबेदारी प्रस्तुत गर्ने, उम्मेदवारी घोषणा गर्ने क्रमले देशैभर तिब्रता पाइरहेको छ । निर्वाचन आयोगले आगामी बैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको मिति तोकेसँगै राजनीतिक सरगर्मी वढ्दो छ ।

यसैक्रममा गल्याङ नगरपालिका वडा नं. १ मा बलियो दाबेदारीका रुपमा देखिएका छन्, शालिकराम बस्याल । सामाजिक र विकास निर्माणका लागि कटिबद्ध उनी नेपाली कांग्रेसको राजनैतिक यात्रासँगै जनता सुख अनि दुःखमा हातेमालो गर्ने सारथी बनेका शालिकराम बस्याल सरकारी शिक्षक सेवा छाडेर समाजसेवा मै जीवन समर्पण गरेका उनी नेपाली कांग्रेसका पुराना र त्यागी नेता पनि हुन् ।

Advertisement

अघिल्लो निर्वाचनमा पराजय भोगेका उनी यसपालि भने निर्वाचन जितेर जनतालाई विकाससँगै समृद्धिको यात्रा गराउनेमा उनी कटिवद्ध छन् । समकक्षी, प्रतिपक्ष र आम नागरिकको आवाज बनिरहेका बस्यालले मालुङ्गामा गरेका कामको चर्चा गर्दछन् ।

तत्कालीन समयमा मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्थापना र हालसम्म नेतृत्व गर्दै समाजलाई शैक्षिक स्तर वृद्धिमा कृयाशिल छन् उनै शालिकराम बस्याल ।

मालुङ्गामा संचालित चिदिपानी खानेपानी आयोजनाको सुरु बस्यालकै नेतृत्व भएको थियो । पश्चिम स्याङ्जाको गौरवको योजनाको रुपमा मानिएको मालुङ्गा–बास्टारी सडकलाई हालसम्मको निर्माणमा उनकै सकृयतामा र प्रयासले भैरहेको छ ।

समकक्षी र भिन्न पार्टीको साथिहरु समेतलाई एकजुट बनाएर हिड्ने उनले मालुङ्गा उत्तरवाहिनी खाडा र फाट दर्पुक जोड्ने ढाबको पुलको डिपिआर तयार गराउनका लागि अग्रसरहुँदै पहल गराएका हुन् ।

आधिखोलाको पानी मालुङ्गामा सिचाइ गर्न लाई प्रयत्न गराएर सहमती समेत गराएको साथै प्रतिसेकेन्ड २२५ लिटर उपलब्ध गराउनको लागि सहमती पत्रमा मालुङ्गाको प्रतिनिधित्व गर्दै तत्कालीन समयमा हस्ताक्षरकर्ता र काम अघि बढाउन पटकपटक लागिरहेका ब्यक्ती उनै बस्याल हुन् ।

कुष्ठरोग निवारण संस्थाको जग्गा मालुङ्गाको लागि र प्राथमिक स्वास्थ्य केन्द्रको लागि स्वामित्व हस्तान्तरण गराएको, सार्वजनिक माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष हुँदा धेरै योजना ल्याउदै थप परिस्कृत गराएका ब्यक्ती हुन् उनी ।

उत्तर वाहिनिमा प्राकृतिक अस्पतालको निर्माणका लागि हाल उनकै नेतृत्वमा काम अघि बढाइरहेको, ठुलिबारी–जौखर्क–गाउँ कोटघर–बोझाभी–कटुवा जाने बाटोको लागि पहलदेखि निर्माण सम्मको नेतृत्व, बसिन्डाडा–ठुलाबगर सडक निर्माणका लागि नेतृत्व र बजेट समेतको पहल लगायत धेरै काम गर्न उनी सफल भएका छन् ।

साविकको मालुङ्गा ८ र ९ नम्बर जोड्ने धाङ्गलिङ्ग खोलाको मोटरेवल पुन उनैको नेतृत्वमा निमार्ण भएको थियो । हालको वडा कार्यालय भवन निमार्णको लागि आवश्यक बजे मन्त्रालयमार्फत उनकै पहलमा निकासा भएको थियो ।

विकास निमार्णका यी र यस्ता प्रतिनिधि मुलक काम मात्र होइन जनताको सुख दुःखको सारथी हुन् उनी । बस्यालमा सबै राजनीतिक दल र जन मानसलाई मिलाएर लैजाने खुबी रहेको जानकारहरु बताउँछन् । मालुङ्गाका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुल लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बस्याल बताउँछन् ।

पार्टीका अग्रज नेता, नगरबासीको सहयोगले वडा अध्यक्ष बनाएको खण्डमा धेरै विकास गर्ने योजना रहेको उनी बताउँछन् ।मालुङ्गा महालिङ्गधाम उत्तर बाहिनी क्षेत्रसहित रामनदी धामलाई धार्मिक पर्यटन स्थल रुपमा विकसित गर्ने एजेण्डा रहेको उनी बताउँछन् ।

बाँकी जीवन राजनीतिमै क्रियाशिल रहेको गाउँ र समाजलाई समृद्धितर्फ उन्मुख गराउन दत्तचित्त भएर लाग्ने उनको प्रण छ ।

More News last news
Loading...