मतदाता नामावलीमा तपाइँको नाम छ कि छैन ? यसरी हेर्नुहोस् …

काठमाडौा । बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् ।

आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।

Advertisement

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ ।

त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ।

More News last news
Loading...