काठमाडौँ । नेपाली नागरिकताका लागि नक्कली व्यक्तिलाई सिफारिस गरेको आरोपमा स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु खत्री पक्राउ परेका छन् ।
वडा अध्यक्ष खत्रीले नागरिकताका लागि गलत व्यक्तिलाई सिफारिस गर्नुभएको बुझिएकोले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए ।
पौडेलले भने, उनीसँगै नागरिकताको लागि निवे्दन दिने उक्त कार्यमा संलग्नलाई समेत सोधपुछका लागि ल्याईएको हो । यसअघिको स्थानीय तह निर्वाचनमा खत्री नेकपा एमालेबाट बिजयी भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
