काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ ओरालो लागेको छ । अघिल्लो सातादेखि आइतबारसम्म पनि निरन्तर उकालो लागेको सुनको भाउ आज सोमबार भने घटेको हो ।
आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।
आइतबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
