काठमाडौं तेस्रो धेरै मतदाता भएको जिल्ला, मधेशमा सबैभन्दा धेरै मतकेन्द्र

काठमाडौं l निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभत्रि मतदाता नामावलीमा नामदर्ता गरी वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७४१५३० महिला ८९९२०२० पुरुष तथा १८३ अन्य गरी जम्मा १ करोड ७७ ला ३३ हजार ७ सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरको छ।

आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७१५२२३ मतदाता रहेका छन् । झापामा ६४६२३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ ।

Advertisement

६३७७७५ मतदाता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मनाङमा सबैभन्दा कम ६ हजार ४९३ रहेको छ । त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेको छ । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको छ ।

More News last news
Loading...