आज (बिहीबार) ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ हवात्तै बढेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन ९९ लाख २०० रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ बुधबारको तुलनामा १ हजार १०० रुपैयाँले बढेको हो।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। बुधबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...