काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।
मंगलबारराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
