कठमाडौँ । नेपाली सेयर बजार नेप्सेमा बुधबार पनि २० दशमलव ३४ अंकले गिरावट भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसारध आज नेप्से २६ सय ३० अंकमा पुगेर बन्द भएको छ।
कारोबार रकममा समेत उलेख्य गिरावट आएको छ। ३९ लाख ८५ हजार पाँच सय ७४ सेयरको किनबेच हुँदा दुई अर्ब चार करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यो रकम मंगलबारभन्दा ४७ करोडले कम हो। मंगलबार दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको सेयर कारोबार भएको थियो।
नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल कम्पनीको सेयरले सर्किट मूल्य १०–१० प्रतिशतले बढेको छ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६८ रुपैयाँले बढेर ७४५ रुपैयाँ र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ पुगेको छ।
नेप्सेमा २२६ कम्पनीका सेयर करोड हुँदा ४८ कम्पनीका सेयरधनीले नाफा कमाए भने एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
