कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका

पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ। ६ नम्बर इजलासको ढोका फोरिएको हो। मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ।

सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए। उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ। घटना मंगलबार राति भएको हो। बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, उनले भने, नयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन।

Advertisement

प्रहरीले मुचुल्का गरेर फर्किएको छ। प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन्।

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ। सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो। उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो।

वडा प्रहरीकै अगाडि कसरी भो तोडफोड ?

अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ। डीएसपीको कमान्डमा प्रहरी खटिएका छन्। लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन्। सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ।

More News last news
Loading...