रुसद्वारा हाइपरसोनिक मिसाइल प्रहार, युक्रेनको इन्धन भण्डारण ध्वस्त
मस्को । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो’, रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
पाकिस्तानले हानेको मिसाइल भारत नछिर्दैै झर्यो
पाकिस्तानले गत हप्ताको बिहिबार मिसाइल प्रहार गर्यो । उक्त मिसाइल सिन्ध प्रान्तको जम्सोरोमा खसेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त मिसाइल सिन्धबाट प्रहार गरिएको थियो ।
उक्त मिसाइल प्रहार गरिएको केही सेकेन्डमै झरेर सिन्धको थाना बुला खानमा बिष्फोट भएको थियो । यसबारे पाकिस्तानको केही मिडियाले खबर प्रकाशित गरेका थिए ।
पाकिस्तानले आधिकारिक रुपमा यसबारे केही खुलाएन । रकेट वा प्लेन जस्तो वस्तु खसेकोबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
पाकिस्तानी समाचार एजेनसी द कन्फ्ल्किट न्युज पाकिस्तानले भारतले यसअघि गल्तीले प्रहार गरेको मिसाइलको जवाफ दिन खोजेको उल्लेख गरेको छ । भारतले गत हप्ता पाकिस्तानमा पुगेको आफ्नो मिसाइल भुलवश छिरेको आधिकारिक रुपमा भनिसकेको छ ।
भारतमा जवाफी मिसाइल प्रहार गर्दा लक्ष्यमा नपुगी दुर्घटनामा परेको छ । लक्ष्यमा पुग्न उक्त मिसाइल असफल भएको कन्फ्ल्क्टि न्युज पाकिस्तानले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
