ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भईसक्यो : नेता पौडेल

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गरेका छन् ।

स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम छैनन् भन्ने प्रमाणित भएको नेता पौडेलको दाबी थियो।

Advertisement

उनले राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै उनले अब जनता माझ गएर एमालेकको मत माग्ने हैसियत नै नभएको टिप्पणी समेत गरे ।

घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत स्याङ्जाका केन्द्रीय प्रतिनिधि खटेका पौडेल स्याङ्जाका विभिन्न कार्यक्रममा सहभागी छन् ।

यसैगरी, नेपाली कांग्रेस स्याङ्जाले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वटै वडाहरुमा एक जना संयोजकसहित ५–५ जना प्रतिनिधि खटाएको हो ।

More News last news
Loading...