आज (आइतबाट) घट्यो सुन, चाँदी पनि खस्कियो

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) सुनको भाउ ओरालो लागेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजको भाउ शुक्रबारको तुलनामा ६ सय रुपैयाँले सस्तो हो ।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९८ हजार ७०० निर्धारण भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तो हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...