आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) सुनको भाउ स्थिर रहेको छ । यो साता आइतबारबाट निरन्तर घट्न
थालेको सुनको भाउ आज भने पुनः बढेको हो । आज सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार ३०० निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तो हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...