काठमाडौँ । होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ। टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ।
यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ। यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु.२९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ।
*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
