पर्बत कलाकार समाज नेपालको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षतामा कुलेन्द्र विश्वकर्मा

काठमाडौँ । संस्कार र संस्कृतिको बलमा उभिएको संस्था पर्बत कलाकार समाज नेपालको दोश्रो अधिबेसन सम्पन्न भएको छ। संस्कार र मित्रतालाई केन्द्रमा राखेर चर्चित दोहोरी गायक कुलेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित भएको छ ।

कार्यक्रममा बरिस्ठ पत्रकार तथा संस्थाका संचार सल्लाहाकार नारायण अमृत ज्यू,कानुनी सल्लाहाकार सेमन्तमणि खराल, युवा ब्याबसायी शिव शर्मा बाँस्तोला, समाजसेवी डा. केदार सुवेदी, पत्रकार जीवन पराजुली लगायतको बिशेष उपस्थिति रहेको थियो ।

Advertisement

संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्त ज्यूको अध्यक्षतामा संचालित अधिबेसनको पुर्बको बैठकले जाँदा जाँदै मातृभुमिमा सम्मान, चैतमा पर्तेलीहरुको बनभोज कार्यक्रम, जिल्लामा सबै निकाय सङ्ग सहकार्य गरि सांस्कृतिक कार्यक्रम गर्ने जस्ता अत्यन्तै महत्त्वपूर्ण निर्णय समेत गरेको छ।

सबै पर्बतेली कलाकारहरुलाई सस्थाभित्र समेटिने सस्थाको नबनिर्वाचित कार्यसमिति निम्नानुसार छ । अध्यक्ष कुलेन्द्र बिश्वकर्मा, बरिस्ठ उपाध्यक्ष : कृष्ण समीप सुवेदी, उपाध्यक्ष : कुमार केसी, महासचिब : प्रल्हाद सुवेदी, सचिब : सुजन बराईली, कोषाध्यक्ष : सुश्मा लोहनी, सह कोषाध्यक्ष : लक्षु प्रकाश मल्ल रहेका छन् ।

यसैगरी, सदस्यहरुमा, भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुबेदी, कल्पना काफ्ले, दिपिका पौडेल रहेका छन् ।

More News last news
Loading...