नेपालमा भर्चुअल मुद्राका सम्पूर्ण वेबसाइट र एप्लिकेशन प्रतिबन्ध

काठमाडौँ । नेपालमा भर्चुअल मुद्रा अर्थात क्रिप्टोकरेन्सी अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन्।

मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो।

Advertisement

भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए अनुसार प्राधिकरणले यस्तो निर्देशन गरिएको जनाएको छ

तत्काल कार्यान्वयनमा जाने गरी यस्ता आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन समेत गरिएको प्राधिकरणले जानकारी दिएको छ।

More News last news
Loading...