स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले आगामी स्थानीय निर्वाचनमा स्याङ्जाका ११ वटै पालिकामा कांग्रेस बिजयी हुने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार देशैभर शुरु भएको ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ अभियान अन्तर्गत स्याङ्जामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले स्याङ्जामा कांग्रेस बलियो अवस्थामा रहेको भन्दै ११ वटै पालिकामा कांग्रेस बिजयी हुने घोषणा गरेका हुन् ।
उनले भने, ‘स्याङ्जामा कांग्रेसको अवस्था कमजोर छैन्, वी.पी. कोइरालाले कांग्रेस हेर्न स्याङ्जा जाउँ भनेर भन्नुहन्थ्यो, अब सम्पूर्ण कांग्रेसीहरु एकजुट हुँदा स्याङ्जाका ११ वटै पालिकामा मात्र नभई ४ प्रदेश सभा र २ संघीय क्षेत्रमा समेत कांग्रेसले बिजयी हासिल गर्छ ।’’
उनले शहर केन्द्रित बसोबास गरेका स्याङ्जाबासीलाई स्थानीय निर्वाचनसम्म स्याङ्जामै बस्न र कांग्रेसलाई जिताउन आह्वान समेत गरे । यसरी सबैजना एकजुट भएर आ–आफ्नो क्षेत्रबाट सहयोग ग-यो, भने स्थानीय तहदेखि केन्द्रसम्म चुनाव जित्ने उनको भनाइ थियो ।
कम्युनिष्टहरुले जनतामा भम्र र झुटको खेती गरिरहेको भन्दै कांग्रेसले जनताहरुमा गलत परम्पराको अन्त्य गरी मुलुकमा शुशासन कायम गर्ने कांग्रेसको उद्देश्य भएको नेता पौडेललको भनाइ थियो । पञ्चायत बिरुद्व लड्नका लागि स्याङ्जालीहरुको ठूलो योगदान गरेको भन्दै प्रशंसा समेत गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
