आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको पुनः उकालो लागेको छ । बिहीबार ३५०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ। बिहीबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...