स्याङ्जा । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका वडा नं ३ को वडा कार्यालय भवन निर्माणका लागि लेखनाथ उपाध्यायले १० आना जग्गा दिने भएका छन्।
नेपाली कांग्रेस पुतलीबजार नगरपालिका वडा नं ३ का कोषाध्यक्ष समेत रहेका उपाध्यायले बिपि स्मृति बहुउद्देश्यीय भवन निर्माणका लागि वडावासी कांग्रेसीहरुलाई पायक पर्ने स्थानमा आफ्नो व्यक्तिगत १० आना जग्गा दिने निर्णय गरेका हुन् ।
लामो समयदेखि पार्टीमा आवद्व रहदै आएका उपाध्यायले पार्टीप्रतिको आस्था र संधै वैठक बस्नका लागि समेत समस्या भएको भन्दै भवन निर्माणका लागि जग्गा दिने निर्णय गरेको बताए ।
अब वडा कार्यालय बनाउनका लागि प्राविधिक सहितको टोली बसेर भवन निर्माण प्रक्रिया अगाडी बढाईने वडा कार्यसमितिका सभापति कमलकान्त उपाध्ययले जानकारी दिए ।
वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिने निर्णय गरेसँगै गाउँगाउँमा रहेका कांग्रेसी कार्यकर्ताहरु पार्टीप्रति कति जुजारु रहेछन् भन्ने प्रष्ट देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
