नेपाली मुद्रा इतिहासकै कमजोर, अमेरिकी डलरको भाउ उच्च

काठमाडौँ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ। मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर मूल्य १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ। पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस-युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेका कारण अमेरिकी डलरको भाउ बढ्दै गएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले जनाएको छ। विभागका अनुसार विश्वव्यापी रुपमा पछिल्लो समय डलरको माग उच्च छ। माग उच्च हुँदा यसले मूल्य बढेको हो।

Advertisement

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुन पुगेको हो।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन्।

कुन देशको विनिमयदर कस्तो ?

नेपाल राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ २२ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा तोकेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ पाँच पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ।

More News last news
Loading...