भोलि पोखरामा सार्वजनिक बिदा

पोखरा l तत्कालीन पोखरा नगरपालिकाका प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शोक मनाउने भएको छ । सोमबार महानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ती जारी गरी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको भन्दै उनको निधनमा १ दिन सार्वजनिक बिदा दिइएको बताए ।

Advertisement

शेरचन २०३२ देखि २०३८ सम्म पोखराको प्रधानपञ्च बनेका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । शेरचनको आइतबार ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री थिए । ‘शेरचनको निधनले हामी दु:खी भएका छौं । इमान्दार र विकाशप्रेमी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको छ,’ शोक विज्ञप्तिमा भनिएको छl

‘नगर पन्चायतको प्रधानपन्च भएर उहाँले पुर्‍याउनुभएको योगदानलाई पोखरेलीले सम्झिरहने छन् । फागुन २३ गते पोखराका कार्यालयहरु शोक विदाको रुप्मा बन्द रहने ब्यहोरा सबैमा जानकारी गराइन्छ ।’

More News last news
Loading...