विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, नेपालमा पनि बढ्न सक्ने

काठमाडौँ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ। विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ।

आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ ।

Advertisement

युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य झन् आकाशिएको छ । मूल्य बढेर केही दिनमै १२५ डलर प्रति ब्यारल पुग्ने प्रक्षेपण भएको छ ।

नेपालमा असर

मूल्य वृद्धिको असर नेपालमा पनि परेको छ। नेपाल आयल निगमले निरन्तर तेलको मूल्य वृद्धि गरिरहेको छ। अझै पनि निगम घाटामा रहेको जनाएको छ।

कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपाल आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको छ र यसले महँगीमा व्यापक प्रभाव पार्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन्।

बिहीवार मध्यरातिबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डीजल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ।

यो समायोजनसँगै एक लिटर पेट्रोल खरिद गर्नका लागि सर्वसाधारणले १५० रुपैयाँ खर्च गर्नुपर्ने भएको छ भने डीजल र मट्टितेलको भाउ प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

यो मूल्यवृद्धिपछि खरिद लागतको तुलनामा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डीजलमा ११ रुपैयाँ ७८ पैसा घाटा पर्ने बिहिवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

निगमले नयाँ मूल्य निर्धारण गरेपछि पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा करिब २८ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको जनाएको छ।

युक्रेन–रुस युद्ध सुरु भएपछि नेपालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढिसकेको छ।

More News last news
Loading...