जुवाको खालबाट नगदसहित १२ जना रंगेहात पक्राउ

काठमाडौँ । मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

Advertisement

ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

उनीहरुको साथबाट नगद २ लाख ४२ हजार १८५ रूपैयाँ र ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, दाङको घोराही उपमहागरपालिका–१८ मसिना बस्ने ३२ वर्षीय बुद्धिराम रोकाको घरमा तास खेलिरहेको अवस्थामा रोका लगायत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ६ सय रूपैयाँ र एकगड्डी तास सहित पक्राउ गरेको हो। घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

More News last news
Loading...