लत्रेपिपल क्लबद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपलिका ३ मा रहेको लत्रेपिपल क्लवले मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ ।

विभिन्न सामाजिक र सास्कृतीका कार्यहरुमा सक्रिय क्लवले पुतलीबजार ३ का मृगौला पीडित बिरामीहरुलाई आर्थिक सहयोग गरेको हो ।

Advertisement

क्लबले पुतलीबजार ३ निवासी मृगौला पीडित बिरामीहरु डाँसिराम विक र रन्जना दर्जी तथा पुतलिबजार ७ निवासी प्रकाश खवासलाई जनही रु ५००० पाँच हजारका दरले सहयोग गरेको छ ।

क्लवका संरक्षक एवं चर्चित गायक पशुपति शर्मा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार ध्रुब शर्मा, निवर्तमान सचिव तथा सल्लाहकार मोति मरासिनी, उपाध्यक्षहरु एक नारायण मरासिनी र प्रह्लादजंग मरासिनी, निवर्तमान सदस्य दिपकचन्द्र गौतम, कोषाध्यक्ष डिल्लीराम मरासिनी, सदस्य मिलन सेन समाजसेवी विश्वराज मरासिनी लगायतको बिशेष उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा गायक शर्माले पीडित तीनै जनालाई चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीसँग समन्वय गरि थप आर्थिक सहयोगको लागि पहल गरि छिटै नै हस्तान्तरण गर्ने प्रतिबद्दता ब्यक्त गरे।

कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष मनोज मल्लले तथा सञ्चालन सचिव राजेश कुँवरले गरेका थिए।

More News last news
Loading...