नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्यमा तनहुँका भट्टराई र राना मनोनित

दुलेगौँडा । सत्तारुढ दल नेपाली काँग्रेसको गण्डकी प्रदेश सदस्यमा तनहुँका दुई जना नेताहरु मनोनित भएका छन् ।

नेपाली काँग्रेसका युवा नेता तथा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान सभापति भट्टराई र भीमाद नगरपालिकाका युवा नेता राना प्रदेश सदस्यमा नियुक्त भएका हुन् । दुवै नेताहरुलाई सभापति शुक्रराज शर्माले पार्टीको प्रदेश सदस्यमा आजै मनोनित गरेका हुन् ।

Advertisement

भट्टराईलाई काँग्रेसको तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरका बलियो उमेद्वारका रुपमा पनि हेरिएको छ ।

यसअघि फागुन ४ गते बसेको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको बैकले कोषाध्यक्षसहित १४ जना सदस्य मनोनित गरेको थियो । उक्त बैठकले ३४ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको थियो ।

गत मंसिरमा भएको काँग्रेसको पहिलो गण्डकी प्रदेश अधिवेशनबाट सभापतिमा शुक्रराज शर्मासहितको कार्यसमिति निर्वाचित भएको थियो ।

More News last news
Loading...