काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। मंगलबारतोलाको ६०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने बढेर प्रतितोला एक हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
