काठमाडौं, १७ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।
नेपालमा यसअघि फागुन ७ गते पेट्रोलियम पदार्थको भाउ बढेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको थियो ।
साविकको भाउमा पेट्रोलमा ५.६१, डिजेलमा ५.६२ रुपैयाँ मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको थियो । सो मूल्य अनुसार आजसम्म पेट्रोल प्रतिलिटर १४५, डिजेल र मट्टीतेलको भाउ १२८ रुपैयाँ रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
