आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

सप्तरी । राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन ।

उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा कोही नभएपछि घरभित्रका सबै कामको जिम्मेवारी सुनितामै आउँछ । तर उनले यो कामलाई कहिल्यै रोकिनन् ।

Advertisement

बिहान उठेर घर बढार्ने, भाँडा मस्काउने, गाईवस्तुलाई चारो हाल्ने, खाना पकाउने सबै काम उनी कसैको सहयोगविनै पटापट गर्छिन ।उनी भन्छिन्, ‘म आँखा देख्दिन, अडकलको भरमा सबै काम गर्छु ।’

उनकी आमा दुर्गा देवी रजकका अनुसार जेठी सन्तान सुनिताकुमारी जन्मैदेखि दुवै आँखा देख्दिनन् । आँखा नदेखे पनि काम नगरी कहिल्यै बस्दिन । अरु छोराछोरीले नगर्ने काम पनि उनी एक्लैले गर्ने गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘आँखा नदेख्ने भए पनि घरमा उ भएपछि मलाई ढुक्क हुन्छ । हामी बुढाबुढी दुवैजना घरबाहिर काम गर्न जान पाएका छौं ।’

सुनिताको विवाह पनि भएको थियो । बोल्न नसक्ने एउटा केटासँग विवाह भए पनि उसले छोडेर अर्काे विवाह गरे । त्यसपछि सुनिता माइतीमा आएकी हुन् ।

More News last news
Loading...