आज (शुक्रबार) ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ।  बिहीबार तोलामा २५०० रुपैयाँले बढेको सुनको भाउ आज (शुक्रबार) भने तोलामा एकै दिन १००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...