चापाकोट कृषि तथा बन क्याम्पसको अध्यक्षमा नविन काफ्ले

स्याङ्जा । स्याङ्जाको चापाकोट कृषि तथा बन क्याम्पसको अध्यक्षमा नविन काफ्ले मनोनित भएका छन् ।

लामो समय विवादमा रहदै आएको कृषि तथा बन क्याम्पसमा नगर प्रमुख शिवकुमार गिरी संरक्षक रहने गरी हाल परिवर्तित नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेजको संचालक समितिको अध्यक्षमा काफ्लेलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

यस्तै संचालक समितिको उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, सदस्यहरुमा विन्दु कोइराला, खेमराज भट्टराई, हरिप्रसाद भट्टराई, देवी श्रेष्ठ, बसन्तराज पौडेल, रत्नप्रसाद बराल र गोर्कण भट्टराई रहेका छन् ।

निवार्चित काफ्लेले क्याम्पस सञ्चालन र विकासका निम्ती सवैखाले चुनौती सामना गरि सार्थक तुल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लामो समय वित्तिय क्षेत्रमा काम गर्दै आएका काफ्लेको विज्ञताले कलेजको उचाई अझै बढ्ने चापाकोटबासीले विश्वास गरेका छन् ।

More News last news
Loading...