पलविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी, गरिन मेडिकल चेकअप

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दर्ता गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

Advertisement

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

उजुरीपछि समीक्षाले गरिन मेडिकल चेकअप

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

More News last news
Loading...