ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

ललितपुर । ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ ।

अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

More News last news
Loading...