लमजुङमा पटक-पटक भूकम्पको धक्का

काठमाडौँ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ। सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो।

Advertisement

यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ। जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका-८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो।

त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।

जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ। २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पराकम्प जानेक्रम अझै रोकिएको छैन्।

अहिलेपनि विभिन्न जिल्लामा पराकम्प जानेक्रम जारी रहेको छ।

More News last news
Loading...