धेरै दिनपछि आज घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ओरालो लगेको छ ।

आइतबार एकै १०० रुपैयाँले बढेको सुनको भाउ आज सोमबार भने तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...