कांग्रेस गण्डकीमा कोषाध्यक्षसहित १४ जना सदस्यहरु मनोनीत (सूचिसहित)

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले कोषाध्यक्षसहित नयाँ सदस्य मनोनीत गरेको छ । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयको प्रस्ताव समितिको बुधबार बसेको बैठकले पारित गरेको हो ।

शर्माको प्रस्तावमा बागलुङका बसन्तकुमार श्रेष्ठ कांग्रेसको प्रदेश कोषाध्यक्ष मनोनीत भएका छन् । उक्त बैठकले कार्यसमितिमा सदस्यमा १३ जना सदस्य मनोनीत गरेको छ ।

Advertisement

यी हुन् मनोनित कांग्रेसका गण्डकी प्रदेश सदस्यहरु : प्रदेश सदस्यमा मनोनीत हुनेहरुका तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका हुन् ।

३४ सदस्यीय कार्यसम्पादन समिति गठन : बैठकले ३४ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । जसमा सभापति शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् ।

समितिमा अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी र पार्वती आचार्य छन्।

बैठकले प्रशिक्षण विभाग प्रमुखपछि तोक्ने र विज्ञहरुसँगको समन्वय महामन्त्री विष्णुप्रसाद लामिछानेले गर्ने निर्णय पनि भएको कार्यालय सचिव प्रकाश बरालले जानकारी दिएका छन् ।

More News last news
Loading...