पाेखरा । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेकाे छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएकाे हाे ।
साे क्षेत्रमा प्रहरी र सेनाकाे बम डिस्पाेजल टाेली पुगिसकेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।
ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएकाे छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएकाे छ ।
एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।
काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।
संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी खारेज गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
