युएईमा अस्ताइन् पोखराकी युवती, एक नेपाली घाइते

यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।  पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो।

बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ।

Advertisement

गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्।

साउदीमा काम गर्न गएका गोरखाका एक युवक ८ वर्ष देखि बेपत्ता

यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा काम गर्न गएका गोरखाका एक युवक विगत आठ वर्षदेखि साउदीमा बेपत्ता भएका छ्न।

गोरखा नगरपालिका–४ फिनाम बस्ने आबिद मिया नाम गरेको युवक आठ वर्ष देखि बेपत्ता भएपछि युवकका घर परिवार चिन्तित भएका छ्न्।

नेपालमा रोजगारिको बाटो नभएपछि वैदेशिक रोजगारको लागि साउदी अरब पुगेका थियोे । पाँच वर्षसम्म घर परिवारसंग फोनमा कुराकानी हुने र पैसा पठाउने गर्थें र अहिले तीन वर्ष भैइसके अत्तोपत्तो नभएको युवकका बुवाले जानकारी दिए ।

More News last news
Loading...